SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Monday, July 26, 2010

कमरेड किताब खोजिरहनुभएको छ !

-संगीतश्रोता

कमरेड बजारतिर दगुरिरहनुभएको छ हतार-हतार
र खोजिरहनुभएको छ कुनै किताब !

बेलुका भट्टीमा अलिकति तर्क गर्नु छ
भोलि बैठकमा अलि बढी व्याख्या गर्नु छ
पसर्ी लेख्नु छ अखबारमा नयाँ राजनीतिक विश्लेषण
अर्कोदिन सहमत गराउनु छ आफ्नै सहकर्मीलाई
अग्रजका अगाडि प्रश्न तेस्र्याइदिनु छ
समकालीनहरुसँग टक्कर लिनु छ
र सुनाउनु छ नयाँ पुस्तालाई नयाँ फैसला
त्यसैले त
कमरेड चहारिरहनुभएको छ पसल-पसल
र खोजिरहनुभएको छ एउटा गतिलो किताब !

अत्याचारको पहाड ७३टज्ञद्धद्धण्सयाँकेर काँधबाट
राखेका थिए उनीहरुले त्यहीँ काँधमा भरुवा बन्दूक
कुशासनको निसासिँदो धूँवा छल्दै
सजाएका थिए उनीहरुले आँखामा नौलो संसारको सपना
घर जलाउन आउनेको बाटो छेकेर बस्थे
घेरा हाल्न आउनेलाई घेरैमा पार्थे
हत्या गर्न पठाइएकाको खोसिदिन्थे हतियार
लुटपाट मच्चाउनेहरुलाई धपाइदिन्थे सातडाँडापािर
ज्यान हत्केलामा राखेर पनि
सगर्व मुस्कुराउँथे उनीहरु आफ्नो थातथलोमा
उनीहरुलाई देखेर उज्यालिन्थे रैथाने अनुहारहरु
हो अँध्यारो जुग र दुःखिया जुनी फेर्न
उनीहरु लडिरहेका थिए सुन्दर जीवनयुद्ध
र रच्दै थिए आफ्नै बुताले नयाँ इतिहास
तर ठीक त्यहीबेला
कमरेड लेखिरहनुहुन्थ्यो अखबारमा सनसनीपूर्ण लेख
चर्चा गर्नुहुन्थ्यो कस्तो हुनुपर्छ छापामार युद्धकला?
उहाँलाई लाग्थ्यो-
उहाँले नै गर्नुपर्छ सैन्यशास्त्रको व्याख्या
उहाँले नै लेख्नुपर्छ जनमुक्ति अभियानको आचारसंहिता
र उहाँलाई चाहिन्थे दमदार युद्ध दस्तावेजहरु
त्यसैले त्यतिबेला पिन
कमरेड खोतलिरहनुहुन्थ्यो पसलका हरेक र् याक
र खोजिरहनुहुन्थ्यो शहरमा प्रतिबन्धित किताब !

उक्लिसकेर पूर्वको उकालो
घाम झन्झन् उखरमाउलो र तातो भएथ्यो
पुगिसकेर िसंहदरबारको छेउछाउ
जुलुस झन्झन् जोशिलो र रातो भएथ्यो
नारा घन्काइरहेथे पहाडबाट झरेका दलितहरु
मुी उचालिरहेथे मधेशबाट उक्लेका महिलाहरु
जनजातिहरुले चिच्याइ-चिच्याइ हक खोजेथे
र खोजेथे रैथाने आदिवासीहरुले आफ्नो थातथलो
मजदूरहरुले दोहोर् याइरहेथे रोजीरोटीका पुरानै मागहरु
सुकुम्बासीहरुले मागिरहेका थिए एउटा सानो ओत
किसानहरु कराइरहेथे- खै कहाँ छ हाम्रो खेतबारी?
आन्दोलनले ढपक्कै ढाकिएथ्यो राजधानी
सल्बलाइरहेथ्यो धेरै दिनसम्म सडकमा एउटा अनुशासित आगो
तर यत्रो विशाल आकाशमुन्तिर कहीं देखिनुभएनथ्यो कमरेड
सायद कोठामा बसेर उहाँ लेख्दै हुनुहुन्थ्यो ऐतिहासिक डायरी-
केमा निर्भर गर्छ आन्दोलनको सफलता?
कहाँनिर हुँदैछ रणनीतिक कमजोरी?
कति चरणमा पूरा हुन्छ जनविद्रोहको तयारी?
कोर्दै हुनुहुन्थ्यो सायद सैद्धान्तिक लेखको मस्यौदा
जसका लागि चाहिन्थे त्यस्तै ऐतिहासिक किताब
त्यसैले त्यतिबेला पिन
कमरेडले पल्टाइरहनुभएथ्यो आफ्नै दराजका पुराना ठेलीहरु
र धुइँपत्ताल खोजिरहनुभएथ्यो कुनै सन्दर्भ किताब !

आज फेिर
निकै तरल छ यो देशको राजनीित
गौरवशाली इतिहास दोबाटैनेर उभिएको छ
नदीहरु अलमल-अलमल जस्ता देखिन्छन्
हुरी बिस्तारै-बिस्तारै बतािसंदै छ
यात्रीहरुको अघिअघि दौडिरहेका छन् बाटो भत्काउनेहरु
हाँसिरहेका छन् उकालोमा ढुंगेनी गौंडाहरु
तर हानिँदै छ घन खोसेर घनवालाकै टाउकोमा
यस्तो बेला फेरि
दिनुपर्नेछ कमरेडले एउटा क्रान्तिकारी प्रवचन
एफएम रेडियोले माग्न सक्छ कुनैपनि बेला प्रतिकि्रया
टेलिभिजन च्यानलहरुले लिन सक्छन् अचानकै अन्तर्वार्ता
सम्पादकलाई दिनुपर्ने हुन्छ तुरुन्तै छरितो लेख
कोट्याउनका लागि इतिहासका सन्दर्भ
उधृत गर्नका लागि कार्ल माक्स्रका उक्ति
फेरि चाहिएको छ अर्को समय-सान्दर्भिक किताब
त्यसैले ठीक यतिबेला पिन
कमरेड टेलिफोन गरिरहनुभएको छ प्रकाशकको कार्यालयमा
र मगाइरहनुभएको छ केही नयाँ किताब !

हो निकै अन्यौलग्रस्त छ आज यो मुलुक
संकटले चौतर्फी टाउको उठाउँदै छ
यस्तोबेला लागेकै छैन कमरेडलाई मीठो खाजाको भोक
भट्टीतिर छिर्ने तलतल पनि छैन
चुरोट नसल्काएको पनि घण्टौं भइसक्यो
छातीभित्र सल्बलाइरहेछन् अनेक उकुसमुकुस
यस्तो बेला चाहिएको छ कमरेडलाई-
आफैभित्रको अन्यौललाई निकास दिने ढोका
मनभित्रको संकट पार लगाउने सुत्र
आरोप खण्डन गर्न सक्ने हथौडा
तथ्य टुक्राइदिने हँसिया
झुट लुकाउन मिल्ने मदुस
सत्य ढपक्कै छोपिदिने गम्छा
दोष मात्रै देखाइदिने ऐना
कहाँ होला त्यस्तो मुक्तिदायिनी किताब
जसले चिर्ने्रछ आफैमाथिका दर्जनौं अभियोग
छिचोल्ने छ आलोचनाका अनगिन्ती जँघार
किनकी ढाकछोप गरेर नांगो यथार्थ
कमरेडले पुष्टि गर्नु छ आफ्नै 'क्रान्तिकारिता'
लुकाएर अक्षरभित्र आचरण
गर्नु छ तर्कमाथि तर्कको लेपन
खोल्नु छ षडयन्त्र नामको कुनै 'गोप्य' पर्दा
र भनिदिनू छ कुनै पात्रलाई गद्दार
त्यसैले त
कमरेड दौडिरहनुभएको छ गल्ली-गल्ली
र खोजिरहनुभएको छ अलि पृथक किताब!

किन गडबड भइरहेछ कारखानाभित्र?
हड्ताल किन गरिरहेछन् मजदुरहरु?
ढुंगा-माटोसँग खेल्ने किसानहरु किन रिसाइरहेछन् मान्छेसँग?
किन चिच्याइरहेछन् अबोध बालबच्चाहरु?
बुढेसकालमा पनि किन रोइरहेछन् हजुरआमाहरु?
कसले बेच्दैछ शहिदका सपना?
किन भइरहेछ घाइते योद्धाको अपमान?
कसले मेट्दै िहंडेको छ बेपत्ताका अनुहार?
किन बढिरहेछ दिनदिनै महँगी?
किन निभ्छ घरिघरि बत्ती?
किन सुक्छ सधैंभरि धारामा पानी?
कमरेडलाई चासो छैन यो अस्तव्यस्त वर्तमानको
बरु चिन्ता छ-
यसबारे के भन्छन् ऐतिहासिक किताबहरु
हो कमरेडलाई खाँचो छ यतिबेला
प्रगति प्रकाशन मास्कोका पुराना किताब
रादुगा प्रकाशनका मोटा किताब
पैचिङबाट छापिएका राता किताब
हिन्दीमा अनुदित माक्स्रवादी किताब
नक्सलवादी कविका लडाकु कविता
महाभारतका मिथकहरुको संकलन
रामायणका उपकथा
वेद र पुराणका सुक्तिसार
अकबर-बीरबलका किस्सा
वा नेपालमै छापिएका उखानटुक्का र लोककथा
कुन किताबमा छ नयाँ छटपटीको बिसौनी
कुन परिच्छेदमा फेला पर्छ यो मुक्तिको द्वार
अहिले पनि कमरेड
बजारतिर दगुरिरहनुभएको छ हतार-हतार
र खोजिरहनुभएको छ केही थान उपयोगी किताब!
०००
-बाजुङ-२ किरेडाँडा पर्वत

1 comment:

  1. कमरेडले पुष्टि गर्नु छ आफ्नै 'क्रान्तिकारिता'
    लुकाएर अक्षरभित्र आचरण
    गर्नु छ तर्कमाथि तर्कको लेपन
    खोल्नु छ षडयन्त्र नामको कुनै 'गोप्य' पर्दा
    र भनिदिनू छ कुनै पात्रलाई गद्दार
    त्यसैले त
    कमरेड दौडिरहनुभएको छ गल्ली-गल्ली
    र खोजिरहनुभएको छ अलि पृथक किताब!
    what a satire!!!

    ReplyDelete