SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Wednesday, April 20, 2011

बजार

-सङ्गीतश्रोता
गयो जमाना
लेनदेन र ऐंचोपैंचोको
गयो जमाना
आलोपालो र अर्मपर्मको
नयाँ जुग यस्तै छ-
यहाँ हिसाबकिताब हुन्छ नाफाघाटाको
यहाँ कारोबार हुन्छ सधैं किनबेचको

जे-जेको तिमीलाई खाँचो छ
खरिद गर
जसबाट तिमीलाई नाफा कमाउनु छ
बिक्री गर

आँसु बेच र खुशी किन
संवेदना बेच र उत्तेजना किन
बिलौना बेच र खेलौना खरिद
नाफा बढाउने कसरी
घाटा कम गर्ने कसरी
हिसाब गर र दलाली गर

तिमी आइसक्यौ
बजारको यो नयाँ मूलधारमा
पछि फर्कनु अब सम्भव छैन
वचनमा भर पर्ने दिन पनि गए
कसममा विश्वास गर्ने जमाना पनि गए
बिसर्िदेऊ पर्मपैंचोको पुरानो जुग
भुलिदेऊ आलोपालोको परम्परा
मालतालको अब मोलतोल गर
किनमेल गर बेचबिखन गर

बलिदान बेच र कुर्चीमा बस
रगत बेच र कोकाकोला खाऊ
बुढ्यौली बेच र सुविधा माग
आस्था बेच र सत्ता किन
छेलोखेलो छुट छ लोकतन्त्रमा
सबैथोक छ खुलाबजारमा
जे-जेको तिमीलाई खाँचो छ
खरिद गर
जसबाट तिमीलाई नाफा कमाउनु छ
बिक्री गर

हत्यारालाई न्यायाधिश चाहिएको छ
अदालत बिक्रीमा राख
चोरलाई सत्ता चाहिएको छ
बोलपत्र आव्हान गर
पार्टीलाई बहुमत चाहिएको छ
भोट किन्न देऊ
सांसदलाई अझ मूल्यवान हुनु छ
बार्गेनिङमा बेचिन देऊ
छेकथुन नगर कसैलाई
लोकतन्त्रको भरपूर अभ्यास गर्न देऊ

सर्वहारा होस् या गरिबमारा
कर्महारा होस् या ज्यानमारा
पैसा छ-
हार्नु र गुमाउनु पर्ने संसारमा केही छैन
पैसा छैन-
जित्नका लागि पनि अब यहाँ केही छैन
भनिदेऊ गुरु कार्ल माक्स्रलाई
जुगजमाना धेरै फेरिइसकेछ
साङ्लो चुँडालिसक्दा पनि नजिितंदोरहेछ यो संसार
संसार जितिसक्दा पनि नचुँडिदोरहेछ यो साङ्लो
गुरु माक्स्र !
यो बजारले फेरिसकेछ आफ्नो रुप
दाह्री खौरनुस् कपाल छाँट्नुस् र आउनुस्
नयाँ लडाइँको नयाँ मोर्चामा !

रचना ः २०६७ असोज ११ कीर्तिपुर

-बाजुङ-२ किरेडाँडा पर्वत

1 comment:

  1. बलिदान बेच र कुर्चीमा बस
    रगत बेच र कोकाकोला खाऊ
    dangerous !!!

    ReplyDelete