SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Wednesday, April 20, 2011

गीत

-सङ्गीतश्रोता
आज शहिदकी आमा के सम्भँुदै के सोच्दैछिन्
लाख-हजार यी अनुहारमा छोराको रुप खोज्दैछिन् !

छोरो थियो लडाइँमा आँखा थिएनन् ओभाना
सम्झाउँदै ऊ भन्थ्यो- ल्याउँछौं नौलो जमाना
किन छ उस्तै बेथिति आमा आज त्यै सोच्दैछिन्
त्यो जाँदै गरेको जुलुसमा छोराका पाइला खोज्दैछिन् !

रोए पनि यो एकदिन रमाउने हो जुगैभिर
भन्थ्यो- दुःख हो केहीछिन खुशी होउँला सधैंभिर
बेथा किन छ उस्तै आमा आज त्यै सोच्दैछिन्
लाख-हजार यी आँखाभरि छोराका सपना खोज्दैछिन् !

आज शहिदकी आमा के सम्भँुदै के सोच्दैछिन्
लाख हजार यी अनुहारमा छोराको रुप खोज्दैछिन् !

०००
-बाजुङ-२ किरेडाँडा पर्वत

No comments:

Post a Comment