SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Wednesday, April 20, 2011

मेरी आमाको जुनी

-सङ्गीतश्रोता

तिमीसामू भर्खरै आईपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
अभावको आँधीले लछारेको घुम्रे कपाल
शोषणको घामले डढेको उदास अनुहार
दुःखको कुवामा डुबेका अिनंदा आँखा
बारम्बार अँधेरी गौंडामा ठोकिएको निधार
र युगभरिको पीडा घोलिएको एउटा गहिरो सुस्केरा ।

तिमीसामू भर्खरै आइपुगेको छ
मेरी आमाको जुनी
आफूसँगै बोकेर-
परम्पराको भारीले कुप्राएको करकरी खाने ढाड
विभेदका जङ्गली काँडाले कोतरिएको घाइते मुटु
भोकका विरुद्ध पटुका कसिएको अभागी पेट
बिमारको असिनापानीले हिनामिना पारेको ज्यान
र सयथरि त्रासले उब्जाएको एउटा अनन्त छटपटी ।

मेरी आमाको जुनीले
चौतारीतिर चिहायो-
त्यहाँ जुवाडेहरु तास फिटिरहेका थिए वल्लोपट्टी
पल्लोपट्टी भलाद्मीहरु जूँगामा ताउ लगाईरहेका थिए
धर्मशालामा हेर् यो-
त्यहु लुटेराहरुको बैठक चलिरहेको थियो
सरकारी घरमा
चोरहरु झगडा गरिरहेका थिए
नाटकघरमा
नवयौवनाको नृत्य चलिरहेको थियो
दोहोरीसाँझमा
धनाढ्यहरु कम्मर भाँचिरहेका थिए
मेरी आमाको जुनीले
गायकको गला खोज्दै गयो-
त्यहाँ त चन्द्रशमशेरको कर्खा र गोपिनीको गीत थियो
कविताका पंक्तिहरुमा
भगवान्का भजनहरु बजिरहेका थिए
इतिहासका पानामा
शासकका अनुहारहरु टाँस्सिएका थिए
र सङग्रहालयका प्रत्येक कोठामा पिन
राजा र सेनापतिका लुगाफाटा सजाइएका थिए ।


कतैतिर पनि
बस्न सास फेर्न र सुस्ताउन नपाएपिछ
मेरी आमाको जुनी
घृणा उपेक्षा र तिरस्कारका आक्रमणहरु खप्दै
भौंतािरंदै-भौंतािरंदै
तीव्र गतिमा चलेका एक-एक थान मुटु र फोक्सो बोकेर
तिमीसामू भर्खरै आइपुगेको छ
पि्रय कलाकार !
के तिम्रो क्यानभासमा कतै अलिकति ठाउँ छ ?

बाजुङ पर्वत

1 comment: