SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Wednesday, April 20, 2011

गजल

-सङ्गीतश्रोता

पसिना त्यो हाम्रो थियो, उसको भयो थैलो किन
अझै उही सुकिलो छ हाम्रै आङ मैलो किन

कैले राति साँध सार्छ कैले बाढी लगाइदिन्छ
तल्लाघरे हेपाहाले घच्घचाउँछ दैलो किन

हाम्रो घरको भित्री कुरा हामीलाई नै थाहा होला
टाँठो-बाठो हुन खोज्छ खोलापारे कैलो किन

विद्रोहका सयौं गजल गुन्जँदैछन् सडकमा
फेरि उसकै महलमा थोत्रो गजल पैलो किन

सारंगी र मादलको ताल खोज्छन् श्रोताहरु
हो-हल्लामा हाहा-हूहू यस्तो भाँडभैलो किन

बाजुङ-२ पर्वत

No comments:

Post a Comment