SANGEET SROTA'S BLOG

SANGEET SROTA'S BLOG
Photo by Shreedhar Paudel

Wednesday, April 20, 2011

दुविधा

-सङ्गीतश्रोता

तिमी उभिएको समय
बिहान हो कि साँझ
त्यो घामको उज्यालो
पहेंलो हो कि सुनौलो

तिम्रा गलामा बेरिएको
गलबन्दी हो कि गलपासो
तिम्रा आँखामा-
भ्रम छ कि भविष्य
निधारका मसिना गाँठामा जेलिएको
चिन्ता हो कि चिन्तन
त्यो अनुहारभरि फैलिएको
उदासी हो कि उत्साह
यी नौला िसंढीहरुमा तिमी
उक्लँदैछौ कि ओर्लंदै

म यसै आत्तिन थालें पि्रयतम !
तिमीलाई देखिरहँदा पनि
किन यस्तो बिरानीले छोपिरहेछ
तिम्रो छेउमै उिभंदा पनि
किन यस्तो एक्लोपन महसुस भइरहेछ
भन त-
केहीबेर पछि नै तिमी
डाँको छाडेर रुँदैछौ कि खित्का छाडेर हाँस्दै
केहीबेर पछि नै तिमी
बिस्तारै उदाउँदै छौ कि सुस्तरी अस्ताउँदै
केहीबेर पछि नै तिमी
थचक्क बस्छौ कि बत्तिंदै दगुर्छौ

किन देखिन्छ तिमीलाई
गतिले छक्याए-छक्याए जस्तो
किन लाग्दैछ तिमीलाई
दुर्गतिले पछ्याए-पछ्याए जस्तो
कुन मौसम हो यस्तो
न दर्कने आँट छ त्यो बादलको
न चर्कने छाँट छ त्यो घामको
म आत्तिइसकें अत्तालिइसकें
केहीबेर पछि नै
तिमी जाग्छौ कि म भाग्छु
भन यो बेमौसम जस्तो मौसम
केहीबेर पछि टुंगिन्छ कि अरु लम्बिन्छ
भन त ओ पि्रयतम !
दुविधाको भुँमरीमा
तिमी फँस्यौ कि म

०००

-बाजुङ-२ पर्वत

2 comments: